१.१ जिल्ला परिचय
कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र पर्दछ । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । सदरमुकामलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । जिल्लाको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । बहुमुल्य जडिबुटी‚ कोदो‚ फापर‚ चिनो‚ उवा जिल्लाको प्रमुख बाली हुन् । सडक लगायत अन्य भौतिक पूर्वाधारको विकास गर्न सकिएको खण्डमा पर्यटनको समेत प्रचुर संभावना रहेको छ ।
१.२ प्रशासनिक तथा राजनीतिक विभाजन
भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५'' देखि ३०º ५७'' उत्तरी अक्षांश र ८१º १८'' देखि ८२º १०'' मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५,६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १,५२४ मिटर देखि ७,३३७ मिटरमा उचाइमा अवस्थित रहेको छ । यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिममा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।
प्रशासनिक हिसावले हेर्दा हुम्ला जिल्ला कर्णाली प्रदेशमा पर्दछ । सात गाउँपालिकामा विभाजित हुम्ला जिल्लामा संघीय निर्वाचन प्रणाली अनुसार एक र प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो जुन समुद्र सतह देखि २९४५ मिटर उचाईमा अवस्थित छ । हुम्ला जिल्लाको राजनीतिक तथा प्रशासनिक विवरण तलको तालिका मा प्रस्तुत गरिएको छ ।
कर्णाली प्रदेश गाउँपालिका संख्या : ७ निर्वाचन क्षेत्र : १
क्र.सं. |
स्थानीय तहको नाम |
वडा संख्या |
महिला |
पुरुष |
जम्मा |
१ |
अदानचुली गाउँपालिका |
६ |
३५७५ |
३५६५ |
७१४० |
२ |
खार्पुनाथ गाउँपालिका |
५ |
३०४५ |
३००० |
६०४५ |
३ |
चंखेली गाउँपालिका |
६ |
२७२९ |
२८१२ |
५५४१ |
४ |
ताँजाकोट गाउँपालिका |
५ |
३०१६ |
२९६० |
५९७६ |
५ |
नाम्खा गाउँपालिका |
६ |
२११३ |
२१३७ |
४२५० |
६ |
सर्केगाड गाउँपालिका |
८ |
४८९१ |
४९७७ |
९८६८ |
७ |
सिमकोट गाउँपालिका |
८ |
५६५६ |
६३८२ |
१२०३८ |
जम्मा |
४४ |
२५०२५ |
२५८३३ |
५०८५८ |
१.३ धार्मिक‚ सामाजिक अवस्था
जातिगत हिसाबमा हेर्दा यस जिल्लाको माथिल्लो भेगमा भोटे जाति र तल्लो भागमा क्षेत्री र ठकुरी जातिको बाहुल्यता रहेको भए पनि ब्राह्मण दलित लगायतको बस्ती रहेको छ । भोटे जातिहरुको प्रमुख धर्म बौद्ध रहेको छ भने अन्य जातिहरु हिन्दु धर्ममा विश्वास राख्दछन् । जिल्लाको अन्य सामाजिक‚ धार्मिक तथा भौगोलिक अवस्था देहाय बमोजिम रहेको छ:-
जनसंख्या (राष्ट्रिय जनगणना २०६८ सालको तथ्याङ्क अनुसार) :
कुल जनसंख्या : ५०,८५८
पुरुष : २५,८३३
महिला : २५,०२५
कुल परिवार संख्या : ७,७३५
औषत परिवार संख्या : ५.८%
जनसंख्या बृद्धिदर : १.९९%
जनघनत्व प्रतिवर्ग कि.मि. : ७.२
धर्म-भाषा अनुसार जनसंख्याको वितरण :
हिन्दु : ७८.२% मातृभाषा (नेपाली, हुम्ली खाम) : ८४.३८%
बौद्द्ध २०.२% लामा (खाम) : १५.३२%
अन्य : १.६% अन्य : ०.३४%
जातीय विवरण :
ब्राह्मण : ६.०२% क्षेत्री : ३८.७%
ठकुरी : १८.२% भोटे लामा : २४.०४%
दलित : ८.४% तामाङ्ग लामा : २.३४%
अन्य : २.३४%
जिल्लाका प्रमुख नदीहरु :
कर्णाली, चुवाखोला, गल्फुगाड, गोठी खोला, हनुमानेखोला, कारङ्गखोला, टाक्चीखोला, कवाडीखोला, हिल्दुङ्गखोला, टाकेखोला, कुमुचीयाखोला, लुरुप्याखोला, हेप्काखोला, डोजाम खोला ।
धार्मिक, एतिहासिक एवं पर्यटकीय स्थलहरु :
खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमि उपत्यका, रलिङ्ग गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरख खाङ हिमाल (वि.सं. २०७१ बाट खुला गरिएको) , तातोपानीका मुहानहरु ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला
Powered By: ProActive Developers