Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, हुम्ला

न्यून व्यान्डविथ Invert Color A- A A+

संविधान दिवस, २०७८

4 महिना अगाडी

2078-06-03


संविधान दिवस, २०७८ हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा विविध कार्यक्रमका सहित भव्यताका साथ मनाइयो । जिल्ला प्रशासन कार्यालय, हुम्लाको आयोजनामा मिति २०७८ असोज २ गते बिहान ७ ३० बजेदेखि सिमकोटको मुख्य बजार क्षेत्र सरसफाइ कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा  आम नागरिक, राजनीतिक दल, जिल्लास्थित सबै सुरक्षा अंगका प्रमुख तथा सुरक्षाकर्मीहरू, कार्यालय प्रमुख तथा कर्मचारीहरू, सञ्चारकर्मी, निजी क्षेत्र, नागरिक समाज लगायतको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा स्थानीय सिमकोट गाउँपालिका, खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालयले फोहोरमैला ढुवानी, सफाइ गर्ने कुचो तथा ग्लोब्स र स्यानिटाइजरको व्यवस्थापन गरेको थियो । करीब दुइघण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाली सेनाद्वारा मुग्रधारा क्षेत्र, नेपाल प्रहरीले चेतनामूलक माइकिङ र ब्यानर, सशस्त्र प्रहरी बल नेपालका जवानहरूले सफाइ उपकरण तथा ब्यानरहरूद्वारा सहभागिता जनाइएको थियो । मुख्य बजारको एयरपोर्ट चोकदेखि लोकतान्त्रिक चोक, कालिन्चोक, काठेचुली चोक, छात्रावास, जिल्ला प्रहरी कार्यालय हुँदै धुपी चौतारीसम्म सरसफाइ गरिएको थियो । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री माननीय जीवन बहादुर शाहीले सरसफाइ कार्यक्रमको अन्तमा सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी मिति २०७८ असोज ३ गते बिहान ११ बजे एयरपोर्ट चोकदेखि शुरु भएको प्रभात फेरी जिल्ला समन्वय समिति परिसरमा सभामा परिणत भयो ।जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सम्पन्न भेलामा दुई राउण्ड म्यूजिकल चेयर खेल प्रतियोगिता सम्पन्न भयो । नेपाल पत्रकार महासंघ,हुम्लाका सभापति श्री राजन रावतले सञ्चालन गर्नुभएको उक्त सभालाई विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सिमकोट गाउँपालिकाका अध्यक्ष, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी, माननीय जीवन बहादुर शाहीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सबै सुरक्षा अंग, कार्यालय प्रमुखहरू, निजि क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

पछिल्लो अपडेट गरिएको : 2078-10-03 14:16:40

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, हुम्ला

Powered By: ProActive Developers